७ जेष्ठ ,काठमाडौँ । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार