Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा


६ जेष्ठ ,रसुवा । सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स-साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिएका छन् ।

मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले कानुनद्वारा निर्धारित मापदण्डलाई शिरोपर गर्दै गाउँघरमा हुने स–साना विवादका मुद्दा गाउँ न्यायिक समितिले स्थानीयस्तरमै छिनोफानो गर्न सुझाव दिएका हुन् ।

पहिलोपटक भएको जिल्लास्तरीय अन्तक्र्रियाले मेलमिलापका विषयमा रसुवाका बासिन्दामाझ जागरण ल्याउने विश्वास गरिएको छ । मेलमिलाप के हो ? मेलमिलापकर्ताको भूमिका, सामुदायिक मेलमिलापको अर्थ, विवादका प्रकार, मेलमिलापमा अपनाउनुपर्ने प्रक्रियाजस्ता विविध विषयमा यथेष्ट ज्ञान दिलाउने उद्देश्यले आयोजित अन्तक्र्रियामा कानुनका मर्म र भावना प्रष्ट पारिएको थियो ।

कार्यक्रममा क्रियाशील मेलमिलापकर्ता एवं मेलमिलापमा अभिरुचि राख्ने युवापङ्क्तिको समेत ठूलो सङ्ख्यामा सहभागिता थियो । आगामी दिनमा हुने मेलमिलापका काम छिटो–छरितो हुनेमा न्यायालय आशावादी रहेको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताए ।

रसुवामा भइरहेको मेलमिलापका गतिविधि प्रस्तुत गर्दै जिल्ला अदालत रसुवाका न्यायाधीश रामचन्द्र पौडेलले मेलमिलापसम्बन्धी ऐन तथा नियमावलीको सिद्वान्तमा अगाडि बढ्न सहभागीलाई अनुरोध गरे ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?