Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना


६ जेठ, काठमाडाैँ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ती क्षेत्रको मौसम अहिले आंशिक बदली रहेको छ । काठमाडौँ उपत्यकामा पनि आज दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

यसैगरी, आज कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । ती क्षेत्रका पहाडी थोरै ठाउँमा  मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अबका तीन दिन नै देशको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?