Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नाउपाद्वारा आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता


५ जेष्ठ ,काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्‍दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानून संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिबद्धता संसद्मै जाहेर गरेको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।”


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?