Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो


५ जेष्ठ ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो ।

खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक–एक गोल गरे ।

खेलको १४औँ मिनेटमा आर्मीका जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३५औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१औँ मिनेटमा आर्मीका नवयुगले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा ल्याए । त्यसपछि खेलको ७५औँ मिनेटमा खुमलटारका स्टेफेन समिरले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए ।

यसपछि खेलमा गोल हुन सकेन र खेल दुई–दुई गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै आर्मीले १९ खेलमा २६ अङ्क जोडेको छ भने समान खेल खेलको खुमलटारले १८ अङ्क जोडेको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?