Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो


५ जेष्ठ ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो ।

खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक–एक गोल गरे ।

खेलको १४औँ मिनेटमा आर्मीका जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३५औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१औँ मिनेटमा आर्मीका नवयुगले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा ल्याए । त्यसपछि खेलको ७५औँ मिनेटमा खुमलटारका स्टेफेन समिरले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए ।

यसपछि खेलमा गोल हुन सकेन र खेल दुई–दुई गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै आर्मीले १९ खेलमा २६ अङ्क जोडेको छ भने समान खेल खेलको खुमलटारले १८ अङ्क जोडेको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?