Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

विद्यालय तहदेखि नै विपद्सम्बन्धी सचेतना गराउनुपर्छ : प्रमुख कोइराला


५ जेष्ठ ,विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यालय तहदेखि नै विपद्का विषयमा जानकारी दिनुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी बल कङ्कालिनी गण हेडक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद् प्रतिकार्य अभ्यास समारोहलाई आज सम्बोधन गर्दै उनले विद्यालय तहदेखि नै विपद् रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार व्यक्त गरे ।

“थुप्रै देशमा १८ वर्ष पुगेका नागरिकले अनिवार्यरूपमा सैनिक तालिम लिनुपर्ने व्यवस्था छ”, उनले भने, “हाम्रो देशमा पनि विपद्बाट हुने जोखिम न्यूनीकरणका उपायहरु समेटेर सचेतना दिन सके केही हदसम्म क्षतिलाई कम गर्न सकिन्छ ।”

विराटनगर महानगरपालिकाले पनि बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि काम गरिरहेको उनको भनाइ थियो । महानगर र सशस्त्र प्रहरीबीच सहकार्य गरेर विपद् न्यूनीकरणका लागि काम गर्न सकिने भन्दै प्रमुख कोइरालाले महानगरले डुबान समस्या कम गर्न हिउँदमै धेरैजसो नाला सफा गरिसकेको जानकारी दिए ।

उनले बुढीखोला, केसलिया र सिङ्घीयामा तटबन्ध नबाँधेसम्म डुबान समस्याको दीर्घकालीन समाधान नहुने जिकिर गरे । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मोरङ विपद्का हिसाबले उच्च जोखिममा रहेको छ भने ।

सशस्त्र प्रहरीको कङ्कालिनी बहारा बाहिनीका प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकालाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिए । उनले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको र भविष्यमा एक सय गोतखोर सङ्ख्या बनाएर प्रत्येक प्रदेशमा १०–१० व्यवस्थापन गर्ने सरकारको योजना रहेको सुनाए ।

कङ्कालिनी गणका प्रमुख एसपी तीर्थकुमार थापा र बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?