Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

जापानमा महामारी भन्दा पहिलेकै अवस्थामा फर्कियो विदेशी पर्यटकको आगमन


५ जेठ, एजेन्सी । जापानमा पर्यटकको आगमन कोभिड माहामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो बर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो बर्षको तुलनामा ६६.६ प्रतिशतले बृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत महिना जापानमा अनुमानित १९ लाख ४९ हजार १०० विदेशी पर्यटकले अवलोकन गरेका थिए ।

सन् २०२० को फेबु्रअरीमा महामारीका कारण विदेशी पर्यटकको आगमनमा तीव्र गिरावट आएयता यो सङ्ख्या सबैभन्दा बढी हो ।

यसैबीच, वैदेशिक रोजगारीमा जाने जापानीको सङ्ख्या पाँच लाख ६० हजार २०० पुगेको छ, जुन गत वर्षको अप्रिलमा एक लाख २९ हजार १६८ रहेको थियो । यद्यपि, यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा ६६.४ प्रतिशतले कम हो ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?