Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट


५ जेठ, एजेन्सी । पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ ।

ट्रेजरी रिपोर्टका अनुसार, “मूल्य क्यापको बारेमा व्यापक प्रारम्भिक बजार शङ्काको बावजुद, बजार सहभागीहरू र भूराजनीतिक विश्लेषकहरूले इन्धनको अधिकतम मूल्य सीमाले यसको दुबै लक्ष्यहरू पूरा गरिरहेको छ ।”

विकसित अर्थतन्त्र, युरोपेली सङ्घ र अस्ट्रेलिया र जी–७ समूहले लगाएको प्रतिब्यारेल ६० अमेरिकी डलरको सीमाका कारण रूसको इन्धनबाट सङ्कलन उठ्ने राजस्व युद्धअघिको कूल रूसी बजेटको ३५ प्रतिशतबाट घटेर यस वर्ष २३ प्रतिशतमा खुम्चिएको ट्रेजरीले जनाएको छ ।

रूसी अर्थ मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै ट्रेजरीले यस वर्षको जनवरीदेखि मार्चको बीचमा सङ्घीय सरकारको तेल राजस्व अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले घटेको जनाएको छ ।

गत वर्षको तुलनामा भारतलगायतका मुलुकलाई समग्र रूसी तेल निर्यातमा वृद्धि भए पनि राजस्वमा गिरावट आएको हो ।

यो प्रतिवेदनले जापानमा शिखर सम्मेलन गर्न लागेका जी–७ का नेताहरूका लागि स्वागतयोग्य समाचार प्रदान गर्नेछ । उनीहरूले युक्रेनमा जारी युद्धलाई लिएर नयाँ रूसी प्रतिबन्धहरू र विद्यमान प्रतिबन्धहरूलाई कसरी अझ राम्रो तरिकाले लागू गर्न सकिन्छ भनेर विचार गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?