Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

महारानी एलिजाबेथको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च


५ जेठ, एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ ।

गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।

लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उनको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।

अर्थमन्त्री जोन ग्लेनले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिकमामिला मन्त्रालय अन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताएका छन् । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको उनले बताए ।

“महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बर २०२२ मा भएको निधन र त्यसपछिको राष्ट्रिय शोकको अवधि ठूलो राष्ट्रिय महत्वको क्षण थियो,” ग्लेनले खर्च आवश्यक भएको पुष्टि गर्दै भने । “सरकारको प्राथमिकता भनेको यी कार्यक्रमहरू उचित स्तरको सुरक्षा र गरिमाका साथ सञ्चालन गर्नु थियो ।”

बकिङ्घम प्यालेसले उक्त सुरक्षा अभियानका क्रममा १० करोडभन्दा पाउन्डस्टर्लिङ्ग भन्दा बढी खर्च भएको भन्ने समाचारलाई अस्वीकार गरेको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?