Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अपहरणमा परेका ४० आप्रवासीको उद्धार


५ जेठ, एजेन्सी । मेक्सिकोका अधिकारीहरूले बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका करिब ४० आप्रवासीको उद्धार गरेका छन् ।

आफ्नो देशमा हिंसा र गरिबीबाट भागेर आएका हजारौं आप्रवासीहरूले अमेरिकी सीमा पार गर्ने क्रममा मेक्सिको पार गर्ने क्रममा आपराधिक गिरोहहरूको हातबाट अपहरण र शोषणको जोखिम उठाउने गरेका छन् ।

उत्तरपूर्वी मेक्सिकोको एक राजमार्गमा यात्रा गरिरहेका यी ४० जना व्यक्ति र दुई चालकलाई सोमबार अपहरण गरिएको थियो ।

दक्षिणी मेक्सिकोबाट ग्वाटेमालाको सीमातर्फ लागेका सोही समूहका अन्य नौ जनालाई अपहरणकै दिन उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय सुरक्षागार्डका सदस्यहरूलाई अन्यको खोजीका लागि खटाइएको र मङ्गलबार र बुधबार उनीहरूलाई फेला पारेको राष्ट्रिय रक्षामन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभालले बताएका छन् ।

उत्तरपूर्वी राज्य नुएभो लियोनका अधिकारीहरूका अनुसार उद्धार गरिएका नौ जना १८ देखि ३५ वर्ष उमेर समूहका र भेनेजुएला र होन्डुरसका थिए ।

नेसनल कन्फेडेरेसन अफ मेक्सिकन ट्रान्सपोर्टर्सका अनुसार अपहरित व्यक्तिसँग प्रतिव्यक्ति एक हजार ५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।

नेसनल इन्स्टिच्युट अफ माइग्रेसनका अनुसार गत वर्ष मेक्सिकोमा दुई हजार १०० भन्दा बढी आप्रवासी अपहरणमा परेका थिए ।

गत महिना उत्तरपूर्वी मेक्सिकोमा पर्यटक र आप्रवासीसहित ३५ जनाको अपहरण भएको थियो ।

उनीहरू मरुभूमिमा सशस्त्र व्यक्तिहरूले पहरा दिइरहेका पाँचवटा साना गाडीमा सवार थिए ।

यसै महिनाको सुरुमा अधिकारीहरूले १० जना कोलम्बियाली आप्रवासीलाई संयुक्त राज्य अमेरिका पुग्ने क्रममा अपहरण गरिएको र उनीहरूलाई मेक्सिकोबाट उद्धार गरिएको थियो ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?