Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

अपहरणमा परेका ४० आप्रवासीको उद्धार


५ जेठ, एजेन्सी । मेक्सिकोका अधिकारीहरूले बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका करिब ४० आप्रवासीको उद्धार गरेका छन् ।

आफ्नो देशमा हिंसा र गरिबीबाट भागेर आएका हजारौं आप्रवासीहरूले अमेरिकी सीमा पार गर्ने क्रममा मेक्सिको पार गर्ने क्रममा आपराधिक गिरोहहरूको हातबाट अपहरण र शोषणको जोखिम उठाउने गरेका छन् ।

उत्तरपूर्वी मेक्सिकोको एक राजमार्गमा यात्रा गरिरहेका यी ४० जना व्यक्ति र दुई चालकलाई सोमबार अपहरण गरिएको थियो ।

दक्षिणी मेक्सिकोबाट ग्वाटेमालाको सीमातर्फ लागेका सोही समूहका अन्य नौ जनालाई अपहरणकै दिन उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय सुरक्षागार्डका सदस्यहरूलाई अन्यको खोजीका लागि खटाइएको र मङ्गलबार र बुधबार उनीहरूलाई फेला पारेको राष्ट्रिय रक्षामन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभालले बताएका छन् ।

उत्तरपूर्वी राज्य नुएभो लियोनका अधिकारीहरूका अनुसार उद्धार गरिएका नौ जना १८ देखि ३५ वर्ष उमेर समूहका र भेनेजुएला र होन्डुरसका थिए ।

नेसनल कन्फेडेरेसन अफ मेक्सिकन ट्रान्सपोर्टर्सका अनुसार अपहरित व्यक्तिसँग प्रतिव्यक्ति एक हजार ५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।

नेसनल इन्स्टिच्युट अफ माइग्रेसनका अनुसार गत वर्ष मेक्सिकोमा दुई हजार १०० भन्दा बढी आप्रवासी अपहरणमा परेका थिए ।

गत महिना उत्तरपूर्वी मेक्सिकोमा पर्यटक र आप्रवासीसहित ३५ जनाको अपहरण भएको थियो ।

उनीहरू मरुभूमिमा सशस्त्र व्यक्तिहरूले पहरा दिइरहेका पाँचवटा साना गाडीमा सवार थिए ।

यसै महिनाको सुरुमा अधिकारीहरूले १० जना कोलम्बियाली आप्रवासीलाई संयुक्त राज्य अमेरिका पुग्ने क्रममा अपहरण गरिएको र उनीहरूलाई मेक्सिकोबाट उद्धार गरिएको थियो ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?