Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

सांस्कृतिक संघले देशभरका कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने


५ जेठ, काठमाडौँ । नेपाल सांस्कृतिक संघले देशभरका कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ । संघले यही जेष्ठ १० र ११ गते काठमाडौँमा बृहत कलाकर्मीको भेला गर्न लागेको बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने संघका महामन्त्री राजेन्द्र खत्रीले बताए । उनका अनुसार समापन समारोहमा भने नेता शेखर कोइराला लगायतका पदाधिकारीहरूको सम्बोधन गर्नेछन् ।

सांस्कृतिक संघले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गहन दायित्व दिएर अगाडि बढाउँदा पार्टीलाई जीवन्त राख्न मद्दत जनाएको छ । राजनीति र राजनीतिकर्मीहरूमा आएको विचलन लोकतान्त्रिक संस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेका भन्दै संघको चिन्ता व्यक्त गरेको छ ।

‘एउटा लामो कालखण्डसम्म आन्दोलनको नेतृत्व, संविधान अनि देशको सिंगो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको नेपाली कांग्रेसमाथि आज चौतफ्री प्रहार भइरहेको अवस्थालाई नकार्न सकिँदैन । देशकै मियो पार्टी आफै रक्षात्मक अवस्थामा आइपुग्नु निश्चयनै सुखद संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ ।

धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नु पर्ने कुरामा दुईमत नभएको संघका अध्यक्ष तीर्थबहादुर थापाले बताए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?