Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

चिनियाँ विशेष प्रतिनिधिले जेलेन्स्कीसँग वार्ता गर्दै


४ जेठ, एजेन्सी । युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ आइपुगेका छन् । उनलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बुधबार दिउसो स्वागत गर्ने अपेक्षा गरिएको छ ।

कीएभमा अधिकारीहरूले रूसले अमेरिकाले आपूर्ति गरेको ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ ध्वस्त पारेको आशङ्कालाई पनि कम गर्न खोजेका थिए ।

चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी आइपुगेका हुन् ।

युक्रेनका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै जेलेन्स्की र लीबीच दिउँसो भेटवार्ता हुने सम्भावना रहेको बताएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी चिनपिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि कीएभ पुगेका हुन् ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?