Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

साफ फुटबल : नेपाल, भारत, पाकिस्तान र कुवेत एउटै समूहमा


३ जेठ, काठमाडाैँ । नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रुपमा कठिन प्रतिद्वन्द्वी हुन् । यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बंगलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रुपपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो ।

साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा आयोजना हुदैछ । विश्व फुटबल महासंघ (फिफा) को निलम्बनका कारण श्रीलंकाले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

माल्दिभ्समा भएको १३औं संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।

यसपटक तुलनात्मक रुपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाईका खेलाडी विदेश पलायन हुनेले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?