Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मोचा आँधीमा परी म्यान्मारमा ८१ जनाको मृत्यु


३ जेठ, एजेन्सी । म्यान्मारमा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ । आँधीमा परेर एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?