Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

ए डिभिजन लिग : थ्रीस्टार र आर्मी बराबरीमा रोकिए


२ जेठ, काठमाडाैँ । उपाधि दाबेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र आर्मीले १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता थ्रीस्टारले लिएको थियो । ६८औँ मिनेटमा लाकेन लिम्बुले उत्कृष्ट गोल गर्दै थ्रीस्टारको उत्साह जगाएका थिए । तर ८६औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले हेड गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

उनले सुदिल राईको पासमा अनमार्क जाली चुमाएका थिए । बराबरीसँगै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ । थ्रीस्टारको १८ खेलबाट २६ अङ्क पुगेको छ । समान खेलबाट २५ अङ्क बनाएको आर्मी छैटौँ स्थानमा छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई १-० गोलले हरायो । विभागीय डर्बीमा पुलिसलाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबाह तुमले निर्णायक गोल गरे ।

मोसेसले खेलको ६१औँ मिनेटमा गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो । जितसँगै पुलिसले १८ खेलबाट २२ अङ्क बनाएको छ । एपीएफको पनि समान खेलबाट २२ नै अङ्क पुगेको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?