Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

न्युजिल्यान्डको राजधानीको होस्टलमा मध्यरातमा भीषण आगलागी, कम्तीमा ६ जनाको मृत्यु


२ जेठ, एजेन्सी । न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान करिब १२:३० बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो ।

अहिले हताहती र घाइतेको सङ्ख्या एकिन नभए पनि प्रहरीको प्रारम्भिक मूल्याङ्कन अनुसार मृत्यु हुनेको सङ्ख्या ६ को आसपासमा रहेको छ । उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको थियो भने पाँच जनाको छतबाट उद्धार गरिएको थियो । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइते सहित पाँच जनालाई अस्पताल पठाइएको छ ।

बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताउँनु भएको छ । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन्।

उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवास मन्त्री मेगन वुड्सले बताएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?