Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

१८ वर्षे किशोरद्वारा गोली प्रहार गरी ३ जनाको हत्या


२ जेठ,  एजेन्सी । १८ वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ। गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ ।

अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ।

सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी दिदै एकजना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ।
बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थिहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो । शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ- कम्तिमा तीन जना सर्वसाधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ । घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन । घटना बारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन। गम्भीर अनुसन्धान भइरहेको मात्र उल्लेख गरुएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?