Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न विआरआरसी माग


२ जेठ, काठमाडाैँ । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षाैँदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेका हुन् ।

“यस्तो कार्यले गैर भुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैर भुटानी बनाउनसक्ने गम्भीर आशङ्का पैदा गरेको छ । गैर भुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केही नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीसमेत गिरफ्तार भइसकेको घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानी अत्यन्तै दुःखित भएका छौँ ।”

स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब छ हजार पाँच सयको हाराहारीमा रहेका भुटानी शरणार्थी र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यान दिनसमेत समितिले माग गरेको छ । शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र वितरणमा ढिलासुस्ती हुँदा सक्कली भुटानी परिचयविहीन हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?