Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार दिने


३० वैशाख, काठमाडाैँ । सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ ।

भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले सो निर्णय गरेको हो ।

विसं २०७८ र २०७९ मा गएका भूकम्पबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा उक्त अनुदानको रकम दिने निर्णय गरिएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ ।

विसं २०७८ जेठमा लमजुङ, २०७८ साउनमा खोटाङ, २०७९ माघमा बाजुरा तथा २०७९ कात्तिकमा डोटी केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा तथा डोटीका पाँच हजार आठ सय ८० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?