Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु


३० वैशाख, एजेन्सी । यमनको मारिब प्रान्तमा हुथी लडाकू समूहले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा तीन जना यमनी सरकारी सैनिकको मृत्यु भएको यमनका एक सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

नाम नबताउने शर्तमा स्थानीय सरकारी अधिकारीका अनुसार हुथी समूहले मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानलाई लक्षित गरी रातभर गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएका थिए ।

ती अधिकारीले भने, “हुथी विद्रोहीले बिहीबार राति हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकलाई विस्फोटक पदार्थले भरिएको ड्रोनले निशाना बनाएका थिए। रातभर धेरै विस्फोटका आवाज सुनिएको थियो ।”

सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच जारी द्वन्द्वमा सापेक्षिक शान्तिको अवधिका बीच ड्रोन आक्रमण भएको हो । यमनले हालैका महिनाहरूमा शत्रुतामा उल्लेखनीय कमी आएको अनुभव गरेको छ । यो सापेक्षिक शान्ति यमनको आठ वर्ष लामो विनाशकारी युद्धको अन्त्य गर्ने उद्देश्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूसँग मेल खान्छ ।

तेलको लागि धनी मानिने यमनको मारिब प्रान्तको लडाईं जारी द्वन्द्वको एक प्रमुख प्रेरक शक्ति बनेको छ, किनकि यसको बहुमूल्य स्रोतहरूले नियन्त्रणका लागि विभिन्न गुटहरूलाई आकर्षित गर्दछ ।

हुथी लडाकू समूहले सन् २०१४ मा साउदी समर्थित यमनी सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन गृहयुद्धमा फसेको छ । यस द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यमनलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटको सङ्घारमा पुर्याएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?