Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

बाइडेनका शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भियनामा भेटवार्ता


२९ वैशाख, वासिङ्टन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका उच्च कूटनीतिज्ञ वाङ यीसँग यसै साता भियनामा भेटवार्ता गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

‘दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

ह्वाइट हाउसले भनेको छ, ‘दुवै पक्ष यी उद्देश्यलाई अगाडि बढाउन सञ्चारको यो महत्वपूर्ण रणनीतिक च्यानललाई कायम राख्न सहमत भएका छन् ।’

भियनामा हुने उक्त बैठकले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सम्भावित भेटवार्ताबारे अड्कलबाजीलाई पुनः बल दिने सम्भावना छ ।

यस विषयमा बुधबार सोधिएको प्रश्नमा बाइडेनले प्रगति भएको बताएका छन् ।

प्रशान्त क्षेत्रमा व्यापारिक, राजनीतिक र सैन्य प्रभावका कारण वासिङ्टन र बेइजिङबीचको ऐतिहासिक तनावपूर्ण सम्बन्ध पछिल्ला केही महिनायता थप प्रगाढ बनेको छ ।

संयुक्त राज्य अमेरिकाले भारत, जापान र अष्ट्रेलियासँग क्वाड साझेदारीमार्फत लाभ लिन खोजेको छ । उक्त समूहले शत्रुतापूर्ण मनसायलाई अस्वीकार गर्दै आफू सैन्य गठबन्धन नभएको बताउँदै आएको छ, तर चीनले उक्त समूहलाई घेराबन्दी गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ ।

चीनले ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आवश्यक परेको खण्डमा बल प्रयोग गरेर एक दिन उक्त टापुलाई आफ्नो नियन्त्रणमा ल्याउने र ताइपेइ र विदेशी सरकारबीच कुनै पनि आधिकारिक सम्पर्कमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको छ ।

गत महिना बेइजिङले ताइवान र मुख्य भूमि चीनलाई छुट्याउने समुद्री क्षेत्रमा तीन दिने सैन्य अभ्यास सुरु गरेपछि एक अमेरिकी युद्धपोत ताइवान र मुख्य भूमि चीनबाट निस्केको थियो ।

ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच क्यालिफोर्नियामा भएको भेटवार्तापछि उक्त अभ्यास भएको हो ।

यसै वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको प्रस्तावित भ्रमण अमेरिकाले ‘अमेरिकी भूभागमा निगरानी गरिरहेको चिनियाँ बेलुन’ खसालेपछि रद्द गरिएको थियो ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?