Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल


२८ वैशाख, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटलगायतका विषयमा मन्त्री महतले छलफल गरेका हुन्।

छलफलमा बहुपक्षीय विकास साझेदार विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमलगायतका प्रतिनिधि सहभागी थिए। त्यस्तै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनीलगायत द्वपक्षीय विकास साझेदार संस्थाका प्रतिनिधि पनि छलफलमा सहभागी थिए।

छलफलमा मन्त्री महतले नेपाल सरकारले आगामी बजेटमा दिने प्राथमिकता, आगामी बजेटले लिने मार्गदर्शन तथा सिद्धान्तमा जानकारी गराए। नेपाल सरकारको ऋण बढ्दो क्रममा रहेको सन्दर्भमा मन्त्री महतले आगामी दिनमा साँवाब्याज तिर्न सक्ने खालका उत्पादनशील क्षेत्रमा लगानी गर्ने बताए।

आगामी दिनमा सिर्जना हुने दायित्वका विषयमा नेपाल सरकार अत्यन्तै सजग रहेको उनको भनाइ थियो। डा. महतले वैदेशिक ऋण सँगसँगै उल्लेख्य रूपमा अनुदान उपलब्ध गराउन आग्रह गरे।

त्यस्तै जलवायु परिवर्तनको कारक नेपाल नभएकाले यस क्षेत्रमा आउने सहायता पनि अनुदानकै रूपमा परिचालन गर्न उनले आग्रह गरे। अन्तर्राष्ट्रिय विकास साझेदारका प्रतिनिधिहरूले नेपाल सरकारले बजेटमा लिने प्राथमिकता र कार्यक्रममा सहयोग र समर्थन हुने बताए।

नेपाल सरकारले लिएको लक्ष्य र प्राथमिकतालाई नै विकास साझेदारहरूले अबलम्वन गर्ने उनीहरूको भनाइ थियो। नेपालको राष्ट्रिय नीति, प्रणाली र संरचनाको माध्यमबाट वैदेशिक सहायता परिचालन गर्ने प्रतिबद्धता सहभागी साझेदारहरूले व्यक्त गरे।

साथै अन्तर्राष्ट्रिय विकास साझेदारहरूले पुँजीगत खर्चमा सुधार गर्नुपर्ने, सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने, खर्चमा दोहोरोपना घटाउनेलगायतका सुझाव दिए।

आन्तरिक स्रोत परिचालनका लागि सुधारको खाका तयार गर्ने, सार्वजनिक र निजी वित्तीय साधन राष्ट्रिय प्राथमिकतामा प्रवाह गर्नेलगायत सुझाव सहभागी साझेदारहरूले दिए।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?