Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२६ वैशाख, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर छ। यसअघि सोमबार प्रतितोला ३०० रुपैेयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?