Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

भियतनामका पुर्वगृहमन्त्री तुआनको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट


२५ वैशाख, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एबम नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ ।

अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदनप्रदान गर्ने विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिदैँ दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।

बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध बिकास हुने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षिय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।

नेपालले भियतनामबाट मसला (मरिच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र विरालोको खाना निर्यात गर्दै आएको छ ।

अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशकअघि लागु गरिएका आर्थिक सुधारका कदमहरुको फलस्वरुप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धिप्रति खुसी पनि व्यक्त गरे ।

सो भेटमा पुर्वगृहमन्त्री तुआनले बौद्धजन्मस्थल धेरै भियतनामीका लागि पबित्रस्थलको रुपमा रहेको उल्लेख गर्दै सिधा हवाइसेवा सुचारु गर्न तथा व्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?