Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन


२४ वैशाख ,मकवानपुर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले आज बागमती प्रदेशसभाको अवलोकन गरेका छन् ।

उनिहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गरेका थिए ।

बागमती प्रदेशसभाका सभामुख तथा उपसभामुख र कोशी प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच प्रदेशसभा सचिवालयमा प्रदेशको संसदीय गतिविधिहरुको अनुभव, आन्तरिक व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति परिचालनको विषयमा छलफल भएको थियो ।

कोशी प्रदेशका सभामुख र उपसभामुखले प्रदेशसभा भवनको विभिन्न कार्यकक्षहरु, भौतिक पूर्वाधारहरु, सभा सञ्चालन हुने कक्षको अवलोकन गरेका थिए ।

कोशी प्रदेशका सभामुख गौतम र उपसभामुख दनुवारले आजै प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग भेट गरेर प्रदेश संसदीय अभ्यासका विषयमा छलफल गरेका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?