Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने


२४ वैशाख ,काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिए ।

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौँमा सारिएको बताए ।

उनका अनुसार बैठक यही वैशाख २८–३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ ।

यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?