Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

जनतामा विश्वास र भरोसा जागेको छ


२४ वैशाख ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सांसद का गङ्गाकुमारी बेल्वासेले वर्तमान सरकारले छोटो समयमा प्राप्त गरेको उपलब्धि र सन्देशले जनतामा विश्वास र भरोसा जागेको बताएकि छन् । राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले लोकतन्त्रका लागि ठूलो सङ्घर्ष गरेका राजनीतिक दलले एक–अर्कालाई दोषारोपण गर्नुका साटो जनता र देश हितमा मिलेर काम गर्न सुझाव दिईन् ।

उनले भनिन्, “सरकार र प्रतिपक्षबीच विश्वास बढ्दै गएको छ, समयमै विद्यार्थीले पुस्तक पाएका छन्, राष्ट्रिय आविष्कार केन्द्र र मिटरब्याज पीडितका मुद्दा सम्बोधनको प्रयासले जनतामा विश्वास बढेको हो ।” नक्कली भूटानी शरणार्थी बनाएर मानव तस्करीमा संलग्नलाई जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने घोषणाले जनतामा आशा र विश्वासको वातावरण बनेको उल्लेख गर्दै सदस्य बेल्वासेले गृहमन्त्रीले कुनै राजनीतिक प्रभावमा नपरी अनुसन्धान गर्न दिएको निर्देशनले सुशासनका लागि भरोसा जगाएको बताईन्।

नेकपा (एकीकृत समाजवादी) का जयन्ती राईले नौ सयभन्दा बढी नागरिकलाई गैरनेपाली बनाएर बेचिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा देशका ठूला र चर्चित भनिएका मानिस संलग्न रहेको घटनाले राजनीतिक र कर्मचारीतन्त्रलाई बदनामी तुल्याएको बताईन् । उनले भनिन्, “राजनीतिक नेता भ्रष्टाचारी र बेइमानी हुन् भनेर चिनिनुपर्ने भएको छ । घटनामा संलग्नलाई कानूनी कठघारामा ल्याउनुपर्छ । आज दिनप्रतिदिन राजनीतिक दलप्रति जनतामा वितृष्णा छ, यस्ता घटनाले जनताले विकल्प खोज्ने परिस्थिति उत्पन्न भएकोतर्फ सबै शक्ति समयमै सच्चिन जरुरी छ ।”

जनता समाजवादी पार्टी (जसपा) का प्रमिला कुमारीले सरकारले भूमिहीनलाई लालपुर्जा जनसङ्ख्याका आधारमा वितरण गर्न, समयमै कृषि मलको व्यवस्था मिलाउन तथा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिईन् । उनले भनिन्, “नक्कली शरणार्थी र आर्थिक चलखेल गर्नेलाई कानूनी दायरामा ल्याउने प्रयास सराहनीय छ । मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउनुपर्छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंहले नागरिकता विधेयक र शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनमा ल्याउन पर्ने आवश्यकता औँल्याउँदै नेपाल र नेपालीको अनुहार फेर्न सबै नेपाली मिलेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले महँगीले जनताको ढाड सेकिएर दैनिक जीवन कष्टकर बन्न पुगेको बताए । उनले भने, “नक्कली भूटानी शरणार्थी प्रकरणले देशकै लाज लाग्ने अवस्था सिर्जना भएको छ, कम्युनिष्ट सच्चा राष्ट्रवादी र अनुशासित हुन्छ भन्ने बुझाइलाई जनयुद्ध लडेको व्यक्तिकै संलग्नताको यस घटनाले गलत साबित गरेको छ ।” उक्त घटनामा संलग्न जो कोहीलाई पनि नछाडिने गृहमन्त्रीको उद्घोषलाई धन्यवाद दिँदै उनले बलियो कदम चालेर दृढ इच्छाशक्तिका साथ काम गरिएको खण्डमा छोटै समयमै उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

यसैबीच, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश, २०८० सभासमक्ष पेस गरे ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?