Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री प्रचण्डले भने- यो त ट्रेलरमात्रै हो


२३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गरेका छन् । उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने, “आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।”

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राख्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले भने, “हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।”

प्रधानमन्त्री दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताए ।

उनले शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू ट्रेलरमात्रै भएको पनि बताएका छन्।

‘अस्ती मजदुरहरूको महाधिवेशनमा मैले घोषणा गरेको थिएँ। अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरू भएको छ, यो सुरूवात मात्रै हो। यो ट्रेलरमात्रै हो। हेर्दै जानु, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ,’ उनले भनेका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?