२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी कार्यालय बसुन्धारामा भर्खरै बैठक सुरू भएको हो ।
बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने बताइएको छ । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नभएता पनि रास्वपाले समर्थन भने गरिरहेको छ।
प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार