Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना


२२ वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आज बिहान एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँती समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व हो, जसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । यस उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उँभौली पर्व वसन्त ऋतुमा पर्दछ । यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ, जसमा प्रकृतिको आराधना गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पूर्णिमा’को नामले पनि परिचित छ भनेका छन् ।

बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीले ‘उँभौली पर्व’ र बाली घर भित्र्याइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ । यी दुवै याममा किराँती समुदायले प्रकृतिको पूजा–आजा गरी पर्व मनाउनने गर्दछन् । यस समुदायले प्रकृतिमा रहेका रहेका हरेक तत्वजस्तै भूमि, जल, अग्नि, आकाश, वायु चन्द्र, सूर्य पशुपन्छी र वनस्पतिको पूजा गर्ने गर्दछन् यस पूजाआजाको मूल सन्देश भनेको यी सबै तत्व प्रति आभारी रहेर बाँच्नु र तिनीहरुसँग कृतज्ञ रहनु नै हो । अर्थात् जगत्का हरेक प्रणाीले ‘जगत्बाट विच्छेद भएर होइन एकाकार भएर बाँच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ विज्ञप्तिमा उल्लेख छ ।

मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उँभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उँभौली पर्वका अवसरमा मुख्यमन्त्री कार्कीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?