Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

टोपबहादुर पक्राउ पुर्जीबारे ओली भन्छन् – पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनु रहस्यपूर्ण छ


२१ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सचिव टोपबहादुर रायमाझीको पक्राउ पुर्जीको विषयमा छलफल गरेका छन् । बिहीबार सिंहदरबार पुगेका ओलीले उक्त विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

उनले एमाले नेता रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछाइएको भन्दै शङ्का समेत व्यक्त गरेका छन् । उनले यो तानिएको हो कि तनाइएको हो भन्नेबारे अध्ययन गरिरहेको समेत बताएका छन् ।

‘निर्दोष पर्नुहुँदैन। दोषी उम्कनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं,’ सञ्चारकर्मीसँग ओलीले भनेका छन् ।

‘पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने कुरा रहस्यपूर्ण छ। कतै उम्केर भागेर जाने खालको त होइन,’ उनले भने, ‘हिजो मैले कुरा गर्दा उहाँले आइजीपीले यसबारे बुझ्न खोज्नुभएको र त्यस विषयमा प्रस्ट पारदिनुपर्ने बताएका थिए। काठमाडौं आउने पनि भन्नुभएको थियो।’


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?