Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

टोपबहादुर पक्राउ पुर्जीबारे ओली भन्छन् – पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनु रहस्यपूर्ण छ


२१ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सचिव टोपबहादुर रायमाझीको पक्राउ पुर्जीको विषयमा छलफल गरेका छन् । बिहीबार सिंहदरबार पुगेका ओलीले उक्त विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

उनले एमाले नेता रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछाइएको भन्दै शङ्का समेत व्यक्त गरेका छन् । उनले यो तानिएको हो कि तनाइएको हो भन्नेबारे अध्ययन गरिरहेको समेत बताएका छन् ।

‘निर्दोष पर्नुहुँदैन। दोषी उम्कनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं,’ सञ्चारकर्मीसँग ओलीले भनेका छन् ।

‘पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने कुरा रहस्यपूर्ण छ। कतै उम्केर भागेर जाने खालको त होइन,’ उनले भने, ‘हिजो मैले कुरा गर्दा उहाँले आइजीपीले यसबारे बुझ्न खोज्नुभएको र त्यस विषयमा प्रस्ट पारदिनुपर्ने बताएका थिए। काठमाडौं आउने पनि भन्नुभएको थियो।’


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?