Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सत्तागठबन्धनमा नीति कार्यक्रम र बजेटका बारेमा छलफल


२० वैशाख ,काठमाडौँ । सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख २४ गते संसद्को अधिवेशन आह्वान गरेका छन् । गठबन्धन बैठकमा संसद् अधिवेशनमा कुनकुन विषयलाई प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सबै राजनीतिक दलका बीचमा एकरुपता ल्याउनुपर्ने, सरकारमा सहभागी भएका राजनीतिक दलका बीचमा सरसल्लाह गरेर सबैको धारणा अभिव्यक्त हुने गरेर बजेटको प्राथमिकता र सिद्धान्त तोक्नुपर्र्यो भन्नेबारेमा छलफल भएको प्रमुख सचेतक लेखकले बताए ।

“बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्ने र त्यसमा सरकारमा संलग्न सबै राजनीतिक दलले आफ्ना धारणा र दृष्टिकोण राखेर परिमार्जन गर्ने विषयमा छलफल भयो”, उनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको सहभागिता थियो ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?