२० वैशाख, काठमाडाैँ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको प्ररकणमा संलग्न भएको आशंकामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनीसँगै उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा उनको नाममा काटिएको चेक प्रहरीले बरामद गरेको थियो ।
टोप बहादुर रायमाझी गत मंसिरमा भएको चुनावमा अर्घखाँचीबाट विजयी भएका थिए । अहिले उनी गृहजिल्लामा नै रहेको बताइएको छ ।
प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार