Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

एमालेका सांसद् कोइरी निलम्बित


१९ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

सचिवालयले दिएको जानकारी अनुसार हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरिएको हो । संसद सचिवालयले उनलाई निलम्बन गरेको सुचना टाँस गरेको छ ।

गत मंसिर ४ मा भएको चुनावमा उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनीमाथि शस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेको छ ।

उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो । उनी त्यसपछि भागिरहेका छन् ।

प्रहरी प्रधान कार्यालयले उनको खोजी गर्न सहयोग माग्दै  संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?