Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

एमालेका सांसद् कोइरी निलम्बित


१९ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

सचिवालयले दिएको जानकारी अनुसार हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरिएको हो । संसद सचिवालयले उनलाई निलम्बन गरेको सुचना टाँस गरेको छ ।

गत मंसिर ४ मा भएको चुनावमा उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनीमाथि शस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेको छ ।

उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो । उनी त्यसपछि भागिरहेका छन् ।

प्रहरी प्रधान कार्यालयले उनको खोजी गर्न सहयोग माग्दै  संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?