Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन


१८ वैशाख ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् । उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालद्वारा आयोजित एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उहाँले श्रमिकले एक वर्षभरि काम गरेर पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्नु दुःखद रहेको बताए ।

अध्यक्ष लिङ्देनले श्रमिकले छोराछोरीलाई उचित शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा खर्च गर्न पनि नसक्ने भएकाले उनीहरूको परिवारको शिक्षा र स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान पुर्याउनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा नारामै सीमित छ । श्रमिक दिवस मनाइराख्दा श्रमिकको अवस्था हामीले बुझ्न जरुरी छ ।”

श्रमिकहरू कति मर्यादित, सुरक्षित, स्वस्थ छन् भन्नेतर्फ सरकार केन्द्रित हुन जरुरी रहेको धारणा उनले राखे । ट्रेड युनियनको आगामी आन्दोलन श्रमिका सुरक्षा मर्यादासँग केन्द्रित हुनुपर्नेे उनको भनाइ थियो ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले सबैखाले श्रमलाई सम्मान गर्नुपर्ने धारणा राखे । श्रमसँगै समयको पनि उत्तिकै महत्त्व भएकाले श्रमिकले श्रम र समयलाई ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष चिरागमान कुँवरले श्रमिकका लागि महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताए । श्रम ऐन, २०७४ मा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू गर्न चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?