१८ वैशाख ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट निर्वाचित आफ्ना सांसद डा स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
सो पार्टीको आज केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले वाग्लेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
यसैगरी, आजको बैठकले विभिन्न ३६ वटा विभाग गठनसमेत गरेको जनाइएको छ ।
यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ बाट वाग्ले निर्वाचित भएका थिए ।
चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार