Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

स्वार्थी, अज्ञानी, मुर्ख र दलालले मात्रै राजतन्त्र मान्छन् : ओली


१७ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र समर्थकप्रति आक्रोश व्यक्त गरेका छन् ।

अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको भन्दै उनले आलोचना गरेका हुन् ।

‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले, केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’ उनले भनेका छन् ।

त्यसैगरी ओलीले राजतन्त्र मान्नेहरू दलाल र बुद्धि नभएका हुने समेत बताएका छन् ।

‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्,’ ओलीले भनेका छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?