Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

मौलाकालिका केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवनमा, आज आफ्नै घरमा बस्ने


१७ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन पुगेका छन् । आज दिउँसो उनि जहाजबाट चितवन पुगेका छन् ।

नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन् । योसँगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’, बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ । उनि सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?