१७ वैशाख, कञ्चनपुर । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक रूपमा सीमा समस्या बारे छलफल हुने उनले बताएका छन् ।
आफ्नो दुहिदिने भ्रमणका क्रममा गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्र मन्त्री साउँदले आज (आइतबार) प्रेस युनियन कञ्चनपुरको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘दुवै देशको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ, छिट्टै मिति तय भएर भ्रमण हुन्छ ।’
प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार