१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता अहिले पनि जारि रहेको छ।
प्रधानमन्त्री प्रचण्डले अत्यधिक बहुमत ल्याएर विजयी भएकोमा लामिछानेलाई बधाइ दिएका छन्। उपनिर्वाचनबाट निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच पहिलो पटक भेट भएको हो ।
प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार