Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : अध्यक्ष नेपाल


१६ वैशाख ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताउँदै समाजमा देखिएका अनैतिकता समाप्त हुने बताए ।

अध्यक्ष नेपालले आफ्ना पार्टीका सङ्गठनको चरित्र समाजवादी चरित्र भएको बताउँदै जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा गर्न समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।

ठोस कार्यदिशाका साथ पार्टी निकट सबै जनवर्गीय सङ्गठनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा महिला वर्गको उल्लेखनीय सहभागिता रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको नीति–निर्माण तहमा पनि उनीहरूको प्रतिनिधित्व थप वृद्धि गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?