Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित


१५ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए । बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राृकतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहने सदस्यका नाम मनोनित गरिएको छ ।

बैठकमा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिएको थियो ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?