Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती


१५ वैशाख, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालद्वारा संयुक्तरूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लग्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री किरातीले भनेका छन्, ‘रवि लामिछानेजीलाई उहाँले छानेको मन्त्रालय दिएर लैजाऔँ । नागरिककाे विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ?’


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?