१५ वैशाख, काठमाडाैँ । नवनिर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने भन्दा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढी रहेको बताएका छन् ।
शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना बढी छ। यथास्थितिमा मन्त्रालय जाने भन्ने सोचेको विषय होइन । धेरै कुरा मिल्नुपर्छ । मुलुकको दुरगामी स्थिरताका लागि हेरेर गर्नुपर्ने निर्णय सामान्य निर्णय होइन।’
लामिछानेले न्यूनतम साझा कार्यक्रममा भ्रष्ट्रचारका विषयमा आफ्नो एजेन्डा हटाइएको भन्दै आपत्ति रहेको समेत बताएका छन् ।
प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार