Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ : परराष्ट्र सचिव पौड्याल


१४ वैशाख, काठमाडाैँ । परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताएका छन् ।

लण्डनस्थित नेपाली राजदूतावास र बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयले ब्रिटिस लाइब्रेरीसँगको सहकार्यमा मङ्गलबार साँझ आयोजना गरिएको प्रदर्शनी तथा स्वागत समारोहमा सन् १९२३ को मैत्री सन्धिपछि ब्रिटिश गोर्खा तथा दुई देशको सम्बन्धको विकासमा नयाँ आयाम थपिएको बताए । उनले सन्धिपछि दुई देशबीचको सम्बन्ध विकास, साझेदारी, व्यापार र लगानी, पर्यटनमा पनि उल्लेख्य काम भएको भनाइ राखे ।

उनले पारस्परिक हितका एजेन्डामा बहुपक्षीय मञ्चमा हुने सहकार्य विस्तार भएको भन्दै नेपालको ऐतिहासिक पाण्डुलिपि, फोटो, मोनोग्राफ र अन्य बहुमूल्य सामग्रीको संरक्षण, संरक्षण र डिजिटलाइजेशनमा ब्रिटिश पुस्तकालयले गरेको सहयोगको प्रशंसा गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल –बेलायत सम्बन्धको १००औँ वर्षको अवसरमा नेपाल–युनाइटेड किङ्गडममैत्री सन्धि कार्यक्रममा नेपाल–बेलायत सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, पाण्डुलिपि, तस्बिर, फोटो सङ्कलन र अन्य ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको थियो ।

संयुक्त अधिराज्यको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा राज्यमन्त्री रहेका एनी–मारी ट्रेभल्यानले नेपाल र बेलायतबीच लामो समयदेखि रहेको सौहार्दपूर्ण र पारस्परिक लाभकारी सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाइने बताए ।

नेपाललाई दिगो आर्थिक विकास र अल्पविकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्नका लागि व्यापार र लगानीका प्राथमिकताका क्षेत्रमा बेलायतले सहयोग गरिरहने बताएको नेपाल दूतावासकी प्रवक्ता रोशन खनाल जानकारी दिए ।

समारोहमा बेलायतका लागि नेपालका राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र ब्रिटिस पुस्तकालयका सङ्ग्रह विभागका प्रमुख जेरक्सेज माज्दाले नेपाल–बेलायत सम्बन्धको महत्व र बेलायती पुस्तकालय र नेपाली संस्थाबीचको सहकार्य विस्तारको बारेमा कुरा गरेको नेपाली दूतावासले उल्लेख गरेको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?