१२ वैशाख ,काठमाडौँ । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो । उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो ।
उक्त अभियान यही वैशाख १० गते सकिएको छ ।
सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार