Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०१ गते शनिबार , हेर्नुहोस आजको राशिफल >>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग


८ वैशाख ,चितवन । यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो ।

अनुगमनका क्रममा आज टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालगायतका विभिन्न सङ्घसंस्थासँग छलफल गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा आयोजित अन्तरक्रिया कार्यक्रममा सदस्य ठाकुरले निर्वाचनको समयमा मानवअधिकार उल्लङ्घनका घटना सबै पक्षबाट हुने भन्दै यसप्रति सचेत रहन आग्रह गरे ।

विशेषगरी तीन प्रकारबाट मानवअधिकार उल्लङ्घनका घटना हुने उनको भनाइ थियो । मसलको प्रयोग, शक्तिको प्रयोग र आर्थिक प्रयोग गरेर निर्वाचनमा मानवअधिकार उल्लङ्घनका घटना हुने गरेको उनको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जालमार्फतसमेत मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै उनले यसलाई नियन्त्रणका लागि मानवअधिकार आयोग मात्रै नभएर निर्वाचन आयोग र जनता स्वयं चनाखो हुनुपर्ने बताए ।

उनले भने, “हामीले सरकार र सरोकारवाला निकायलाई भन्ने हो, खवरदारी गरिरहेका छौ ।” कार्यक्रममा आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सामाजिक सञ्जालमा आएका टिक्काटिप्पणीले मानसिकरुपमा प्रभावित पर्ने भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्वाचन आयोगसँग माग गरिने बताए ।

यस्ता घटनाक्रमले शारीरिक रुपमा नभइ मानसिक रुपमा समस्या पार्ने उनको भनाइ थियो । यसलाई समेत मानवअधिकार हनन्को घटनामा राखेर हेर्नुपर्ने उनले बताए । उनले भने, “मानवअधिकार आयोगले सुन्ने मात्र होइन कानुनको पालना गर्न लगाउनुपर्छ ।”

मानवअधिकार आयोग बागमती प्रदेशका सह–सचिव यज्ञ अधिकारीले सामाजिक सञ्जालमा गाली गलैच गर्दा पनि कतिसम्म गर्ने भन्ने विषय ख्याल गर्नुपर्ने बताए । कसैले व्यक्त गरेको विचारमा अनावश्यक टिक्काटिप्पणी र गालीगलौज गर्न नमिल्ने उनको भनाइ थियो । उनले भने, “त्यस्तो भएमा निर्वाचित भए पनि उसलाई पछि फाल्न सकिन्छ ।” मानवअधिकारका विषयमा प्रश्न गर्ने अधिकार सबैमा रहेको उनले बताए ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार दीपेन्द्र वडुवाल, राजेश घिमिरे, कृष्ण आचार्यलगायतले उपनिर्वाचनका क्रममा जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?