Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्गको अनुगमन


५ वैशाख ,मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ स्थित क्षेत्रको आजस्थलगत अनुगमन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भए पनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताउँदै उक्त निर्माणको कामले अब तीव्रता पाउने बताए ।

उनले द्रुतमार्गका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विभिन्न विषयमाथि आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिई निर्माणको कार्यमा सहजता प्रदान गरिने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदरस्वरुप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गर्नुहुँदै आफ्नै कार्यकालमा शिलान्यास भएको र आफैँले दु्रतमार्गको उद्घाटन पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मन्त्रीहरु र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारी सहभागी थिए ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?