Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले


मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री नेपाललाई वाग्लेले ग्रे लिष्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समूदायमा समेत पहल भइरहेको बताएका छन् । उनले सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरिएको पनि बताएका छन् । उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ ।

वाग्लेले भने , ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नमा हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमहरुबाट अलिकति अफवाहहरु पनि फैलिने गरेका छन् । त्यसमा सेजोन जस्तो जिम्मेवार संस्थाका सदस्यहरुले यसलाई जुन गम्भीरताका साथ उठाइदिनुपर्ने हो, त्यसै अनुरुप गरिदिनुहुन म अनुरोध पनि गर्न चाहन्छु । अहिले म यहाँ बोल्दाबोल्दै मलेसियामा हाम्रो टिमले काम गरिरहेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ताको टिममा अहिले ५–६ जना हामीले विशेष मोबिलाइज गरेका छौँ । नेपालको केस जबर्जस्त ढङ्गले प्रश्तुत गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ । यही विषयमा अमेरिकी अर्थमन्त्रीसँग म आफैँ भेट्न खोज्दैछु । यो एफटिएफबाट चाँडै नै ननिस्किने हो भने, यो हलुका विषय होइन । यसले हाम्रो इन्टरनेशनल फाइनान्सियल क्रेडिटिबिलिटी, करेस्पोन्डिङ बैंकिङ, इन्भेस्टमेन्ट क्लाइमेट र क्यापिटल फ्लोसँग सोझै सम्बन्ध राख्ने हुनाले यता यत्रो काम गर्ने तर अन्तर्राष्ट्रिय रुपमा नै हामी चाहिँ सुडान, हाइटीको हाराहारीमा हुने हो भने यहाँ यो हामीले गरेको प्रयासको कुनै प्रतिफल आउँदैन । त्यसैले हामीले यो विषयमा गम्भीर भएर लागेका छौँ । त्यसको लागि वर्षौंदेखि टारिँदै आएका सुधारहरु पनि हामीले बोल्ड्ली, अनपपुलर भइएला भन्ने डरबाट च्युत नभइकन यसलाई बोकेर अगाडि बढेका छौँ, त्यो तपाईँहरुले देखिनै राख्नुभएको छ । र त्यसबाट सिर्जित प्रहारहरु पनि हामीले भोगिनै रहेका छौँ । विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि इन्टरनेशनल फाइनान्सिङ मोबिलाइजेशनमा पनि हामी केन्द्रित छौँ । पुनर्निर्माणलाई केवल पुरानै संरचनामा फर्काउने अवसरका रुपमा होइन, क्लाइमेट रेजिलेन्ट इन्फ्रास्ट्रक्चर निर्माण गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ । यी सबै कार्यक्रम फरकफरक देखिए पनि तिनको इकोनोमिक मर्म एउटै छ ।’

उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार नीजि क्षेत्रलाई सँगै लिएर काम गर्न खोजिरहेको र लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अर्थमन्त्री भएकै दिनदेखी नीतिगत सुधारको काममा लागिपरेको पनि बताएका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?