Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

बाढीमा बेपत्ता इन्जिनियर दम्पतीसहित चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार


काठमाडौं । भोटेकोशी बाढीमा बेपत्ता भएको १६ दिनसम्म पनि इन्जिनियर दम्पतीसहित उनीहरूका दुई सन्तानको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया पत्नी प्रमिला पाठक, चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति बाढीपछि बेपत्ता भएका थिए ।

लामो समयसम्म खोजी गर्दा पनि उनीहरू नभेटिएपछि परिवारले बिहीबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो । चारै जना बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ।


प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?